धनगढीको एक फर्निचरमा आगलागी

धनगढी- धनगढीको एक फर्निचरमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका–१२ सि गाउँ बस्ने दान सिंह कुवरको टिनले छाएको फर्निचरमा बिद्युतको तार शर्ट भई बिहीवार आगलागी भएको हो ।

आगलागी हुँदा उक्त फर्निचरमा रहेको काठ, फर्निचर, मेसिन लगायतका सामान गरी अन्दाजी ३ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...