

कैलाली- कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।




जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट बर्दगोरिया गाउँपापालिका–१ बौनियाँ बस्ने २५ वर्षीय रिजन बुढा लागूऔषधसहित पक्राउ परेका हुन् ।


बुढालाई ३ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

