गोदावरीका एकल महिलाका ४० छोरीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

अत्तरिया- गोदावरी नगरपालिकाका दुई विद्यालयमा अध्ययनरत ४० जना एकल महिलाका छोरीहरूलाई नगद छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मानव अधिकारका लागि एकल महिला (WHR) संस्थाले नवज्योति मावि (वडा ३) र दुर्गा भवानी मावि (वडा ७) मा अध्ययनरत २०/२० जना छात्रालाई सहयोग गरेको हो ।

कार्यक्रममा प्रत्येक छात्रालाई १० हजार रुपैयाँ नगद सहित विद्यालय झोला, ट्रयाकसुट तथा अन्य शैक्षिक सामग्री प्रदान गरिएको थियो । गरीबीको रेखामुनि रहेका विद्यार्थीहरूको शिक्षामा सहजता ल्याउने उद्देश्यले यो सहयोग कार्यक्रम सञ्चालन गरिएको हो ।

Navadurga sun

छात्रवृत्ति वितरण समारोहमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, WHR कैलाली प्रदेश अध्यक्ष शुमन शर्मा, सल्लाहकार गोमा आचार्य, कोषाध्यक्ष मिना भण्डारी, WHR कैलाली प्रदेश अध्यक्ष वेद अवस्थी लगायतको उपस्थिति रहेको थियो ।

नगर प्रमुख बिरेन्द्र भट्टले शिक्षामा लगानी नै भविष्यको आधार भएको उल्लेख गर्दै आर्थिक अभावकै कारण कोही पनि शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम अघि बढाइएको बताए । उपप्रमुख रोकायाले एकल महिलाका छोरीहरूका लागि यस्तो सहयोग आवश्यक रहेको भन्दै आगामी दिनमा नगरपालिकाले पनि शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

सहयोग प्राप्त गरेका छात्राहरू तथा अभिभावकहरूले नगद तथा शैक्षिक सामग्री सहयोगले आफूहरूलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । WHR संस्थाले विगतदेखि नै एकल महिलाहरू तथा उनीहरूका परिवारका लागि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...