



काठमाडौं- पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो ।


उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।

