धनगढीमा विद्युत् विस्तार गर्न ५० प्रतिशत उपमहानगरले लगानी गर्ने

धनगढी- धनगढी उपमहानगरपालिकाले विद्युत् विस्तार गर्न ५० प्रतिशत लगानी गर्ने भएको छ । धनगढीमा विस्तार भएका बस्तीहरूमा विद्युत् लाइन विस्तार गर्न उपमहानगरपालिकाले ५० प्रतिशत लगानी गर्ने भएको हो ।

धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रको बिचमा ५०/५० प्रतिशत लगानीमा विद्युत् विस्तार गर्ने सम्झौता भएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खाती र नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख मिथिलेश कुमार गोहीवारले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

धनगढी उपमहानगरपालिकामा विस्तार भएका वस्तीहरूमा विद्युत् लाइन विस्तारमा भएको खर्चको ५० प्रतिशत धनगढी उपमहानगरपालिकाले तिर्ने भएको छ ।

वडा विकास बजेटको बजेटको व्यवस्था भई आएको वडाहरूमा वडाहरूबाट र उपमहानगरपालिकाले समेत ५० प्रतिशत विद्युत् लाइन विस्तारमा लगानी गर्ने भएको छ । धनगढी उपमहानगरपालिकामा नयाँ विद्युत् लाइन विस्तारमा संयुक्त लगानी गनिरे भएको हो ।

धनगढी उपमहानगरपालिकाले प्राधिकरणलाई सम्पूर्ण रकम दिने छ । वडाहरूको सिफारिस, उपमहानगरपालिकाको प्राविधिक तथा वडाहरूको समन्वय रहेने छ । प्राविधिक छनौट, बोलपत्रका दस्ताबेज तयार, खरिद गर्ने र निर्माण कार्यको सुपरिवेक्षण नेपाल विद्युत् प्राधिकरणले गर्ने छ ।

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा पोल, तार लगायत वितरण प्रणाली रहेने छ। जडान गरिएका संरचनाहरूमा उपमहानगरपालिकाले ५० प्रतिशत लगानी गर्ने भएको हो । विद्युत् लाइन विस्तारमा उपमहानगरपालिका, वडा कार्यालय र नेपाल विद्युत् प्राधिकरणले समन्वय गर्ने छन् ।

Loading...