कञ्चनपुरमा नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट –५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिइन्।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको परीक्षामा उनी पक्राउ परेका हुन्। परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको निरीक्षक जोशीले जानकारी दिइन्।

Navadurga sun

पक्राउ परेका दुवै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताए। पक्राउ परेकाहरूलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...