कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा चार जना लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बजारमा म १ प ६०३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक बेलौरी नगरपालिका–७ गणेशपुर बस्ने २४ वर्षीय खुशिराम राना र मोटरसाइकल पछाडी सवार २२ वर्षीय देवराज राना पक्राउ परेका हुन्।

दुवैजनालाई १ दशमलव ४३ ग्राम खैरो हेरोइन र मोटरसाईकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ।

 

Loading...