धनगढीमा अवस्थीले खोले २ करोड लगानीमा घर जग्गा विक्रि केन्द्र





धनगढी, १४ भदाै– धनगढीमा घर जग्गा विक्रि केन्द्र खुलेको छ । धनगढी उपमहानगरपालिका–१ एलएनचोकमा जमिन सहित दुई करोड लगानीमा घर जग्गा विक्रि केन्द्र खुलेको हो । धनगढीका युवा उपेन्द्र अवस्थीले घर जग्गा विक्रि केन्द्र खुलेका हुन् ।



उक्त घर जग्गा खरिद विक्रि केन्द्र व्यवसायीक रुपम सुदूरपश्चिम प्रदेशकै पहिलो हो । फारवेष्ट रियल स्टेट मल्टिपरपज सर्भिसज नाम दिएको घर जग्गा विक्रि केन्द्र धनगढीको एलएनचोकमा कार्यालय राखिएको छ । केन्द्रको सोमबार एक कार्यक्रमका बीच समाजसेवी देवराज अवस्थीले उद्घाटन गरे ।


घर जग्गा विक्रि केन्द्र नहुँदा ग्राहकहरु ठगिएको हुँदा व्यवसायीक रुपमा खोलिएको फारवेष्ट रियल स्टेट मल्टिपरपज सर्भिसजका व्यवस्थापक उपेन्द्र अवस्थीले बताए । ‘पछिल्लो समय धनगढीमा घर जग्गा किन वेच बढेको छ ।’, उनले भने । ‘तर, व्यवसायीक रुपमा किनवेच नभएर दलालहरु बाट नै भईरहेको हुँदा ठगिएको धेरै उदारण छन् । यसलाई रोक्ने हाम्रो उदेश्य हो ।’ उनले घर जग्गा किन्दा दलालहरुको फन्दामा नपर्न समेत आग्रह गरेका छन् ।
फारवेष्ट रियल स्टेट मल्टिपरपज सर्भिसज अन्र्तगत अमिन, घर भाडामा, फल्याट घाडामा, गाडी भाडामा, सटर भाडामा र दक्षमिस्त्री को सेवा पनि रहेको छ ।



