अर्जुन ट्रफीको उपाधि अत्तरियालाई

धनगढी- अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि अत्तरियाले जितेको छ । धनगढीको फाप्लामा सोमवार फाइनलमा फेण्ड्स क्लब डडेल्धुरालाई स्तब्ध पार्दै सिबाईसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेको हो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३४ रनले डडेल्धुरालाई पराजित गर्दै अत्तरियाले उपाधि जितेको छ ।

जितका लागि ११९ रनका मध्यम स्कोर पछ्याउने क्रममा डडेल्धुरा १८ ओभरमा अलआउट हुँदै ८४ रन मात्रै बनायो । ११९ रनको लक्ष्य पछ्याउन क्रममा डडेल्धुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २०, अशोक धामीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अङ्कको रन बनाउन सकेनन् ।

Navadurga sun
Godawari sandesh

डडेल्धुरालाई लक्ष्यमा पुग्नको लागि रोक्न अत्तरियाका साहब आलम र दीपेश कँडेलले समान ३/३ विकेट लिएका थिए । त्यस्तै कमल गुप्ता र विवेक यादवले समान २/२ विकेट लिए ।

Dadeldhura hospital

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । 

अत्तरियाका लागि रसिद खानले सर्वाधिक ३१ रन बनाएका थिए । त्यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २०/२० रन बनाउँदा सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११, भीम सार्कीले १० रन बनाए ।

डडेल्धुराका लागि अभिषेक गौतमले ४ विकेट लिएका थिए । त्यस्तै अजय चौहान र कुशल भुर्तेलले पनि एक एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए ।

प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

Loading...