घोडाघोडी अस्पतालमा सैपाल ग्याँसका ग्राहकलाई विशेष छुट

धनगढी- कैलालीको सैपाल ग्याँस प्रा.लि. का ग्राहकलाई घोडाघोडी अस्पतालले विभिन्न सेवामा विशेष छुट दिने भएको छ ।

घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको हस्पिटल र सैपाल ग्याँस प्रा.लि. बीच सम्झौता भएसँगै ग्राहकहरूले उपचारमा राहत पाउने भएका छन् ।

सम्झौताअनुसार सैपाल ग्याँसका ग्राहकले नियमित ओपीडी सेवा, इन्डोस्कोपी, इको, बेड भर्ना, एक्सरे, इसीजी, प्याथोलोजी, सर्जरी, आइसीयु, एनआइसीयु र क्याबिन लगायतका सेवामा छुट उपलब्ध गराइनेछ ।

सैपाल ग्याँस प्रा. लि. ले अन्य अस्पतालहरूसँग पनि यस्तै सहकार्यको योजना अघि बढाउने जनाएको छ । छुट प्राप्त गर्न सैपाल ग्याँस ग्राहक कार्ड अनिवार्य गरिएको छ ।

यस्तो रहेको छ छुटको व्यवस्था ः

Loading...