अत्तरिया- गोदावरी आविष्कार केन्द्रलाई यसको सञ्चालन सहज बनाउन गडतोला सप्लायर्स र होलील्याण्ड एकेडेमीले कम्प्युटर अनुदान दिएका छन् ।


यस अनुदानले सेन्टरमा STEAM शिक्षा, नवप्रवर्तन (Innovation) र उद्यमशीलता (Entrepreneurship) प्रवर्द्धन गर्ने कार्यलाई टेवा पुर्याउने विश्वास गरिएको छ ।



यस कम्प्युटरबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने कक्षा १० का विद्यार्थी नबिन बिस्टले आफ्नो खुशी यसरी व्यक्त गरे – “यो त मेरो सपना पूरा भएको जस्तै भयो। अब म 3D डिजाइन र प्रोग्रामिङ सजिलै सिक्न सक्छु ।”
गोदावरी आविष्कार केन्द्र (GiC) ले STEAM शिक्षा र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यले निरन्तर क्रियाशील छ। कम्प्युटरको अनुदानले विद्यार्थीहरूलाई प्रविधिमा आधारित सिकाइको अवसर प्रदान गर्ने र उनीहरूलाई नवप्रवर्तन तथा उद्यमशीलताको यात्रामा अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
GiC परिवारले यो योगदानका लागि गडतोला सप्लायर्स र होलील्याण्ड स्कुललाई विशेष धन्यवाद व्यक्त गरेको छ ।





