


अत्तरिया- कैलालीको अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका २ दुर्गालक्ष्मी महिला सामुदायिक वनमा रहेको रुखमा झुण्डिएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिका २ की मानमती भट्टको शव फेला परेको हो ।


उनको अग्लो रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । उनले महेन्द्रनगरबाट आफन्तकोमा अत्तरियामा आएको जानकारी प्राप्त भएपनि थप विवरण नखुलेको बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





