


धनगढी- पतञ्जलि योग समिति धनगढीको अध्यक्षमा कुलराज जोशी चयन भएका छन् । शनिवार बसेको पतञ्जलि योग समिति धनगढीको बैठकले जोशीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको हो ।


समितिको उपाध्यक्ष रामचरण कठरिया, महासचिवमा धर्मराज अवस्थी, सचिवमा रामनारायण चाैधरी, काेषाध्यक्षमा काशीराम बिष्ट, प्रशिक्षण विभाग प्रमुखमा सिद्धराज जाेशी, साेसल मिडिया प्रमुखमा नारायण अवस्थी र थानेश्वर घिमिरे,भागुराम डगाैरा, अमरजित भट्ट तथा खडकराज भट्ट चयन भएका हुन् ।

