सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा ५० प्रतिशत छुट

अत्तरिया- कैलालीको सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलले ५० प्रतिशत छुट दिने भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेका अत्तरिया हस्पिटल र सैपाल ग्याँस प्रालि बिच सम्झौता भएको हो ।

अत्तरिया हस्पिटलले सैपाल ग्याँसका ग्राहकलाई नियमित ओपीडिमा ५० प्रतिशत छुट दिने भएको छ । सैपाल ग्याँसको ग्राहक कार्ड भएका बिरामीहरूले ओपिडीमा ५० प्रतिशत छुट पाउने भएका हुन ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सैपाल ग्याँसका ग्राहकहरूले इन्डोस्कोपीमा २० प्रतिशत तथा इको, बेड भर्ना, एक्सरे, इसीजी, प्याथोलोजी, सर्जरी, आइसीयु, एनआइसीयु र क्याबिनमा १०/१० प्रतिशत छुट पाउने भएका छन् । सैपाल ग्याँसका ग्राहहरूले धनगढीका अस्पतालहरूसँग समेत सम्झौता गर्ने बताएको छ ।

सैपाल ग्याँसको ग्राह कार्ड हरेक डिलरमा उपलब्ध गराइएको छ । उक्त कार्ड ग्राहकले हस्पिटल लगेर जाँदा विशेष छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

Loading...