

धनगढी- कञ्चनपुरमा उखु बोकेको ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको बेलौरी नगरपालिका–१० शिवनगरमा बुधवार राति उखु बोकेको ट्याक्टर दुर्घटना भएको हो ।



जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले उखु बोकेको से १ त ५५१२ नम्बरको ट्याक्टर दुर्घटना भएको बताएको छ । प्रहरी र ट्राफिक प्रहरी घटनास्थलमा पुगेका छन । तर, चालक र ट्याक्टर धनी सम्पर्कमा छैनन ।


सुनगाभा सहकारी नजिकै नयाँ बाटो भएर महाकाली सुगर मिलमा उखु ल्याईरहेको ट्याक्टर नालीमा पसेको छ । टयाक्टर चलकले आफ्नो ज्यान बचाएका छन भने ट्याक्टरमा ठुलो क्षति भएको छ । ट्याक्टर कसको हो भन्ने अहिले सम्म खुलेको छैन । उखुको विषयमा समेत खुलेको छैन ।





