होलील्याण्ड सेकेन्डरी स्कूलले सर्वश्रेष्ठ इञ्जिनियरिङ्ग पुरस्कार जित्न सफल

अत्तरिया- धनगढीमा आयोजित टेक फेस्टमा अत्तरियामा रहेको होलील्याण्ड सेकेण्डरी स्कूलले सबै विद्यालयहरूलाई पछि पार्दै ‘सर्वश्रेष्ठ इञ्जिनियरिङ्ग’ (Best Engineering) पुरस्कार जित्न सफल भएको छ ।

Dadeldhura hospital

छात्रहरूले CAD Software को प्रयोग गरेर तयार गरेका उत्कृष्ट रोबोट खुट्टाका डिजाइन र सर्भो मोटरको सटीक असेंबलिङ तथा प्रोग्रामिङले निर्णायकहरूलाई प्रभावित बनाएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

जज प्रकाश गैरे र इञ्जिनियर किरण भट्टले होलील्याण्डका छात्रहरूले यति कम उमेरमा अत्याधुनिक प्रविधि जस्तै CAD Software को प्रभावकारी प्रयोग गरेको कदमको खुलेर प्रशंसा गर्दै भविष्यमा अझ ठूलो सफलता हात पार्ने शुभकामना दिनुभयो ।

STEAM शिक्षामा आधारित सिर्जनशील वातावरण तयार गरेर यस्तो अद्वितीय उपलब्धि सम्भव गराउने होलील्याण्ड एकेडेमीलाई विशेष धन्यवाद समेत दिइएको छ । 

Loading...