आज ७२ औँ विश्व कुष्ठरोग

काठमाडौं । ७२ औँ विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। कुष्ठरोग प्रभावितहरूलाई जागरुक गराउने, सम्मान गर्ने तथा रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउन थालिएको हो ।

Dadeldhura hospital

पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ । यो वर्ष “एकजुट हौं, कार्य गरौं र उन्मूलन गरौं’ भन्ने नारासहित विश्वभर मनाइँदैछ। माइकोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुको कारणले लाग्ने कुष्ठरोगका कारण नेपालमा बर्सेनी २ देखि ३ हजारका हाराहारीमा बिरामी फेला पर्ने गरेका छन् ।

Navadurga sun
Godawari sandesh

नेपालमा सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ। कुष्ठरोग उन्मूलन गर्न सरकार, स्वास्थ्य सेवा प्रदायक, गैरसरकारी संस्था, समुदाय र व्यक्ति लगायत सबै सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक रहेकोमा विश्वस्वास्थ्य संगठनको जोड छ। निदान, नवीन उपचार र पहुँचमा निरन्तर लगानी आवश्यक रहेको संगठनले बताएको छ।

 

Loading...