सुक्खा बन्दरगाह बनाउन ठेक्का प्रक्रिया सुरु

कञ्चनपुर । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहका लागि भारत सरकारले ठेक्का पक्रिया अघि बढाएको छ । भारतको परराष्ट्र मन्त्रालयले एक महिनाको समय तोकेर जनवरी ४ मा ठेक्का आह्वान गरेको हो । भारत सरकारले सुक्खा बन्दरगाहका लागि भौतिक पूर्वाधार निर्माण गर्न २ अर्ब ५४ करोड भारु लागत अनुमान सहित ठेक्का आह्वान गरिएको हो । यसको अन्तिम समय फेब्रुअरी ८ छ ।

Dadeldhura hospital

‘अप्रिलभित्र ठेक्का सम्झौता गरेर काम सुरु गर्ने योजना छ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘हामीले पनि अप्रिलभित्र ठाउँ खाली गरेर दिन सक्ने गरी काम गरिरहेका छौं ।’ काठमाडौंस्थित भारतीय दूतावासले आगामी अप्रिलभित्र ठाउँ खाली गर्न सकिने नसकिने विषयमा छलफल गरेरै ठेक्का प्रक्रिया अघि बढाएको उनले जनाए । ‘हामीले अप्रिलभित्र ठाउँ खाली गरेर दिने ग्यारेन्टी गरेका छौं,’ गजुरेलले भने, ‘त्यही ग्यारेन्टीपछि भारतीय पक्षले टेन्डर खुलाएको हो ।’

godawari10 Mahila hinsa
Navadurga sun

सुक्खा बन्दरगाहका लागि प्रशासनिक भवन, गोदाम, पार्किङ, क्वारेन्टिन भवन र आवासीय भवनलगायत पूर्वाधार निर्माण गरिनेछन् । भारतको राष्ट्रिय राजमार्गबाट सुक्खा बन्दरगाहसम्मको पहुँचमार्गसमेत भारतले नै निर्माण गर्नेछ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दोधारा चाँदनी नगरपालिका–१ मायापुरी सामुदायिक वनको ४३ हेक्टर जमिनमा सुक्खा बन्दरगाह निर्माण गरिनेछ ।

तर निर्माणस्थलमा रहेका रुख कटानको काम अझै सुरु हुन सकेको छैन । सुरुमा जमिनको भोगाधिकार प्राप्तिमै समय लागेको थियो भने अहिले रुख कटानमा समेत ढिलाइ भइरहेको छ । सुक्खा बन्दरगाह निर्माणका लागि अहिले १७ सय २ रुख कटान गर्नुपर्ने देखिएको छ ।

 

Loading...