धनगढीमा लागूऔषधसहित चार जना पक्राउ

धनगढी । धनगढीमा लागूऔषधसहित २ युवक र २ जना युवती पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१९ लल्लीपुरमा सोही ठाँउ बस्ने २२ वर्षीय बिष्णु रावलसहित दुई जना युवक पक्राउ परेका हुन्।

यी दुबै जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट प्रि–गाभा ट्याब्लेट ६७ पिस लागुऔषधसहित इलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार फेला पारी आवश्यक कारवाहीको लागि दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएछ।

Navadurga sun

यस्तै धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार व्यारेल नजिकबाट सोही ठाँउ बस्ने २४ वर्षीया ललिता रानाले चलाएको से।६ प।६०५४ नम्बरको मोटरसाईकल र पछाडी सवार २४ वर्षकै मनिता चौधरी पक्राउ परेकी छिन्।

यी दुबै युवतीलाई ८६० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...