अत्तरिया- प्रेस सेन्टर नेपालको कैलाली जिल्ला कार्यसमितिको अध्यक्षमा सुरेन्द्र ताम्राकार चयन भएका छन् । कैलालीमा शुक्रबार आयोजित प्रेस सेन्टर नेपालको छैठौँ जिल्ला अधिवेशनबाट ताम्राकारलाई अध्यक्ष चयन गरिएको हो ।




जिल्ला कार्यसमितिको उपाध्यक्षमा मंगल बास्कोटे, महिला उपाध्यक्षमा जगत कुमारी जैशी, सचिवमा राम दहित, सहसचिवमा हिक्मत भुल र कोषाध्यक्षमा खेम पाण्डेयलाई चयन गरिएको छ ।


त्यस्तै दीपक टमटा, राजेन्द्र विश्वकर्मा, दसिराम चौधरी, शान्तिप्रसाद जोशी, दिपक बम, मनिषा सुनार, यज्ञराज उपाध्याय, सागर चौधरी चयन भएका छन् ।

