बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ। गएराति बान्द्रास्थित घरमा पसेर आक्रमणकारीले उनलाई धारिलो हतियारले आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा सैफ अली खान आफ्नो परिवारसँगै घरमा थिए। घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो।

Navadurga sun
Godawari sandesh

प्रहरी अधिकारी दीक्षित गोदमका अनुसार एक अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेको र त्यसपछि सैफ र ती व्यक्तिबीच झडप भएको थियो। यस क्रममा खान घाइते भएका हुन्। आक्रमणकारी घटनास्थलबाट भागेको र खोजी गरिरहेको बताइएको छ।

लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो छन्। एउटा घाउ मेरुदण्डको छेउमा लागको छ। उनको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ। एजेन्सी

 

 

Couple
Loading...