रविले ल्याए ‘किन दुख्छ मुटु’ बोलको गीत

अत्तरिया- नेपाल आइडल सिजन २ का विजेता तथा गायक रवि ओडले नयाँ गीत ल्याएका छन् । रवि ओड युट्युव अकाउन्ड मार्फत ‘किन दुख्छ मुटु’ बोलको सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा लालकुमारी जोगी (पुलामी) को शब्द र आईत पुलामीको संगीत रहेको छ । भिडिओ पछिल्लो समय टिकटकमा अत्याधिक रुचाइएको देवर भाउजू सुशीला केसी र सागरमान रावल फिचर्ड छन् ।

कृष्ण खड्काको निर्देशनमा बनेको भिडिओको कथा रंगकर्मी नरेन भट्टराईले लेखेका हुन् । भिडिओमा खुसीसाथ बाँचिरहेका एक दम्पत्तीमा श्रीमानलाई जटिल रोग लागेपछि उनीहरुको जीवनमा आउने दुःख र सङ्घर्षको कथा समेटिएको छ । राम केसीले खिचेको भिडिओलाई दिन्सन शाहले सम्पादन गरेका हुन् ।

Loading...