सङ्घीयता कार्यान्वयनको दायित्व सबै निकायको रहेको : प्रदेश प्रमुख मियाँ

अत्तरिया- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सङ्घीयता कार्यान्वयनको दायित्व सबै निकायको रहेको बताएका छन् । सरकारी, गैरसरकारी निकाय र आम नागरिक मिलेरै सङ्घीयता कार्यान्वयन हुने भएकाले यो सबैको दायित्व भएको बताए ।

गृह जिल्ला अर्घाखाँची आएका प्रदेश प्रमुख मियाँले सङ्घीयताबारे गलत ढंगले प्रचारबाजी भइरहेकाले यसलाई चिर्न सञ्चार जगत लाग्नु पर्ने बताए ।

Navadurga sun

देशका ठुलाठुला परिवर्तनमा सञ्चार क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको स्मरण गर्दै उनले सङ्घीयता कार्यान्वयनको चरणमा पनि सञ्चार माध्यमहरू सकारात्मक ढंगले लाग्नुपर्ने बताए । ‘सञ्चार क्षेत्रको विगतमा पनि उल्लेख्य भूमिका छ,उनले भने,‘सङ्घीयताबारे नकारात्मक प्रचारबाजी भएका छन्। त्यसलाई सञ्चार जगतले चिर्नु पर्छ ।’

कुनै एक तह वा एक निकाय लागेर सङ्घीयताको पूर्ण कार्यान्वयन नहुने भएकाले सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने उनको भनाई थियो । सङ्घीयताका बेफाइदाहरू देखाएर धावा बोल्ने काम भएको भन्दै यसका फाइदाहरू ओझेलमा पारिएको बताए ।

सङ्घीयताले गाउँ गाउँमा विकासको आभास दिलाएको भन्दै केन्द्रीकृत शासन प्रणाली उत्तम नहुने बताए । तहगत सरकार हुँदा दूर दराजका नागरिकले त्यसको फाइदा लिएको भन्दै मियाँले पहिल्यै अभ्यास गरेर फालिएको केन्द्रीकृत शासन प्रणाली फेरी ल्याउने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

सबै क्षेत्रलाई समेटी बनाएको संविधान उत्कृष्ट रहेको समेत प्रदेश प्रमुख मियाँले बताए । पत्रकारहरूसँग कुरा गर्दै प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश सरकार आफू गएपछि व्यवस्थित भएको बताए । 

ADD Khali jpg
ADD Khali jpg
Loading...