कञ्चनपुरको बेलडाँडीका रामलाल सम्पर्क विहीन

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय रामलाल बडायक सम्पर्क विहीन भएका छन् ।

भारतको रूद्रपुरबाट शुक्रबार बिहान ९ बजे घर पुग्ने भन्दै परिवारमा खबर गरेका उनी एकाएक सम्पर्कविहीन भएका हुन् ।

स्थानीय प्रशासनलाई घटनाबारे सूचित गरिएको र खोजीमा सहयोग गर्न समुदायका व्यक्तिहरूलाई पनि रूद्रपुर पठाएको सो वडाअध्यक्ष दुर्गाप्रसाद चौधरीले बताए ।

परिवारका सदस्यले गढवालमा रहेका साथीभाइ र अन्य चिनजानका व्यक्तिहरूसँग पनि सम्पर्क गरेर खोजी गरिरहेको उनले बताए। उनलाई कसैले भेटाए वा उनीबारे कुनै जानकारी पाए नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ ।

Loading...