नेपाल र ठाकुर पक्षीय नेताहरू निर्वाचन आयोगमा सनाखत गर्दै




काठमाडौँ, ९ भदाै– माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकिकृत समाजवादी) का नेताहरूले आज (बुधबार) निर्वाचन आयोगमा पुगेर सनाखत गर्नु भएको छ । नयाँ दल दर्ताका लागि दिएको निवेदनमा निर्वाचन आयोगले आज सनाखतको लागि बोलाएको थियो ।



सनाखत गर्नेहरूमा ३० जना सांसद र ५५ जना केन्द्रिय सदस्यहरु रहेका छन् भने ७ जनाको विवाद भई सनाखत हुन बाकी रहेको नेता विरोध खतिवडाले बताए ।


त्यस्तै महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादीका नेताहरू पनि निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । जसमा पूर्ववर्ती पार्टीका १४ सांसद एवम् केन्द्रिय कार्यकारिणी परिषद्का १७ जनाले सनाखत गरेको नेता शरतसिंह भण्डारीले जानकारी दिए ।



