जंगलमा महिलाको शव फेला

कञ्चनपुर । डोटीको जंगलमा एक महिलाको कंकाल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईका अनुसार सडेको अवस्थामा महिलाको शव भेटिएको हो। शवको सनाखत गर्न बाँकी छ।

Ganyapdhura gau
Dadeldhura hospital

सडेर कंकाल मात्र बाँकी रहेको शव एक महिनाभन्दा पुरानो हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार केआईसिंह गाउँपालिका-६ र ७ को सीमामा पर्ने जंगलमा महिलाको शव भेटिएको हो।

Navadurga sun
Godawari sandesh

कंकाल भेटिएको स्थान घना अनकन्टार जंगलमा पर्छ। प्रहरीलाई सोमबार राति खबर आएको थियो। घाँस दाउराका लागि जंगल जाने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई शव भेटिएको स्थान पुग्नै ७ घण्टा लागेको थियो।

भेटिएको कंकाल मंगलबार बेलुका जिल्ला अस्पताल पु¥याइएको छ। प्रहरीका अनुसार शवमा नयाँ स्वीटर र ब्लाउज भेटिएकोले सनाखतका ती कपडा सुरक्षित राखिएको छ।

 

Couple
Loading...