गोदावरी आविष्कार केन्द्रमा आकाश अवलोकन कार्यक्रम

अत्तरिया- गोदावरी आविष्कार केन्द्रले २०८१ साल पुस २० गते साँझ ५:०० बजे विशेष आकाश अवलोकन कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

कार्यक्रम अन्तर्गत ७५० मिमि फोकल लेन्स भएको अत्याधुनिक टेलिस्कोप प्रयोग गरी आकाशका दुर्लभ र मनमोहक दृश्यहरू अवलोकन गर्न सकिनेछ ।

यस कार्यक्रममा सहभागीहरूले ग्रह, तारा, तारापुञ्ज र अन्य खगोलिय घटनाहरू नजिकबाट अवलोकन गर्न पाउनेछन् । विज्ञान र खगोलशास्त्रमा रुचि राख्ने विद्यार्थी, बालबालिका, अभिभावक तथा जिज्ञासु व्यक्तिहरूका लागि यो कार्यक्रम विशेष रूपमा लाभदायक हुने आयोजकले जनाएको छ ।

कार्यक्रम विवरण:
मिति: २०८१ पुस २०
समय: साँझ ५:०० बजेबाट
स्थान: गोदावरी आविष्कार केन्द्र
संपर्क नं: 9867589242
यो दुर्लभ अवसरलाई नछुटाउनुहोस्। परिवार र साथीभाइसँग सहभागी भइ आकाशका रहस्यलाई नजिकबाट अनुभव गर्नुहोस् । सहभागिताको लागि सबैलाई स्वागत छ !

Loading...