मेयर हमालको स्वास्थ्य अवस्था बुझ्न निवासमै पुगे प्रदेश प्रमुख मियाँ

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । आफ्नो स्वास्थ्य अवस्था बुझ्न निवासमै आएका सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसँग मेयर हमालले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको बताएका हुन् ।

‘हातखुट्टा तंग्रिएका छन् । आँखा पनि खुल्दै गाएका छन्’, मेयर हमालले प्रदेश प्रमुख मियाँसँग भने, ‘छोटो समयमा नै शरीरमा धेरै सुधार पाएको छु ।’

Navadurga sun

भेटमा प्रदेश प्रमुख मियाँले मेयर हमालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । मेयर हमाल भेट्न प्रदेश प्रमुख मियाँसँगै उनका प्रमुख स्वकीय साबिर अली र सचिवालयका अन्य कर्मचारी पनि गएका थिए ।

यस अघि मेयर हमाललाई भेट्न प्रधानसेनापति, पूर्वप्रधानमन्त्रीदेखि विभिन्न दलका नेता, सांसद र मन्त्रीहरु घरमै पुगेका थिए । शनिबार मात्रै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हमालसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

शनिबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, प्रधानसेनापति अशोकराज सिग्देलले समेत भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

मंसिर २१ गते मस्तिष्कको पक्षाघात भएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा हमालको उपचार गरिएको थियो ।

उपचारपछि क्रमशः स्वास्थ्यमा सुधार भएपछि एक साताअघि उनी धनगढी फर्किएका थिए । हाल आफ्नै घरमा चिकित्सकको निगरानीमा रहेका हमाल सामान्य बोलचाल गर्न र सहयोगीको सहारामा आँगनमा हिँड्डुल गर्न सक्ने भएका छन् । 

ADD Khali jpg
ADD Khali jpg
Loading...