परराष्ट्रमन्त्री आरजु राणाद्धारा चिसापानी–राजकाँडा केबलकारको शिलान्यास

अत्तरिया- परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस नेता डाक्टर आरजु राणा देउवाले कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यास गरेकी छिन । झण्डै ७ अर्बको लगानीमा निर्माण गर्न लागिएको केबलकारको आज एक समारोहका बिच मन्त्री राणाले शिलान्यास गरेकी हुन् ।

कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाँडामा निर्माण सुरु गरिएको केबुलकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि प्याकेज तयार गर्ने भएको छ ।

चन्द्रागिरी केबुलकारका सञ्चालकसमेत रहेका उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रकाश ढकाल, जिल्ला समन्वय समिति कैलालीका पूर्व प्रमुखसमेत रहेका उद्योगपति सूर्यबहादुर थापाको ७ अर्बको लगानीमा कैलालीमा केबुलकार सञ्चालन हुने भएको हो ।

कैलालीको चिसापानीमा एक वर्ष भित्रमा केबुलकार सञ्चालन गर्ने र सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्याकेज तयार पारिने भएको छ ।

केबलकार परियोजना नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कैलालीका पूर्व सभापति सूर्य बहादुर थापाको लगानीमा निर्माण गर्न लागिएको हो। यस परियोजनालाई एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री आरजु राणाले यस क्षेत्रको विकास र संबृद्धीका लागि आफू प्रयासरत रहेको बताएकी छिन । सुदूरपश्चिममा जालपादेवी केबुलकारलाई पर्यटन क्षेत्रको मेरुदण्डका रुपमा विकास गरिने भएको छ ।

कैलालीको चिसापानी–राजकाँडा निर्माण सुरु भएको केबुलकारले प्रदेशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

Loading...