राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरपश्चिमकी आयुषा खडायत प्रथम

कञ्चनपुर । राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी छात्रा आयुषा खडायत प्रथम भएकी छिन्। ६ पुसमा काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा दार्चुलाकी छात्रा आयुषा खडायत प्रथम भएकी हुन्।

बाल विकास एनसिएमएएस प्राइभेट लिमिटेडले आयोजना गरेको प्रतियोगितामा शैल्यशिखर नगरपालिका–१, दार्चुलाकी खडायत प्रथम भएको आयोजकले जनाएको छ। देशभरबाट पाँच हजारभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भएको आयोजकले घोषणा गर्दै बिहीबार काठमाडौंमा पुरस्कार वितरण गरेको हो। आयुषाले पुरस्कारस्वरूप नगद र प्रमाणपत्र पाएकी छिन्।

Navadurga sun

आयुषा महेन्द्रनगरस्थित सार्क एजुकेसनको कक्षा ९ मा अध्ययनरत छिन्। उनले सानैदेखिको हस्तलेखन रुचि भएको र यो सफलताको पछाडि अभिभावक, घर-परिवार, विद्यालय, समाज जोडिएको बताइन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...