

कञ्चनपुर- कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल घर भएका एक युवक कञ्चनपुरमा मृत फेला परेका हुन् ।




आलिताल गाउँपालिका–५ गोलेथरका अन्दाजी २० वर्षीय कृष्ण खडायत मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । खडायत घरबाट भारत जान्छु भन्दै श्रीमतीसँगै हिँडेका थिए । तर, सीमा नाकामा आवश्यक कागजात देखाउन नसकेपछि खडायत दम्पत्तिलाई फर्काइएको थियो ।


त्यसपछि खडायत परिवार पुनर्वास नगरपालिका–१० सिद्धदेवी टोलमा आफ्ना काकाको घरमा पुगेका थिए । सोही समयमा श्रीमान–श्रीमतीको सामान्य झगडा परेको थियो । त्यस पछि कृष्ण मृत फेला परेका हुन् ।

