१३ औं संस्करणको साफ च्याम्पियनसिपको खेलतालिका परिमार्जन





काठमाडौं, ५ भदौ– आगामी अक्टोबरमा माल्दिभ्समा हुने १३ औं संस्करणको साफ च्याम्पियनसिपको खेलतालिकामा केही हेरफेर भएको छ ।


यसअघि अक्टोबर १ देखि १३ सम्म हुने भनिएको साफ अब अक्टोबर १ देखि १६ सम्म हुने भएको छ । परिवर्तिन खेलतालिका अनुसार अक्टोबर १ अर्थात असोज १५ गते उद्घाटन खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससंग खेल्नेछ ।



