गोदावरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ ।

नगरपालिकाको महिला,बाल बालिका तथा जेष्ठ नागकिर शाखाले उप प्रमुख शारदादेवी रोकायाको उपस्थितिमा आज वडा नम्बर ९ स्थीत राष्ट्रिय मा.वि.का विद्यार्थीहरुलाई लैङ्गिक हिंसाबारे अभिमुखिकरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

नगरपालिकाकी उपप्रमुख रोकाया,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट र इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले नगर परिसरमा सामूहिक रुपमा १६ ओटा मैनबत्ति बालेर गत मंसिर ८ गते कार्यक्रमको उद्घघाटन गरेका थिए ।

महिला शाखाले अभियान हरेक वर्ष मनाउँदै आएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।

Loading...