चुरेमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न 

अत्तरिया, २५ मंसिर- कैलालीकाे चुरे गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला कैलाली चुरे गाउँपालिका वडा नम्बर ४ को बालुवा गडामा सोमबार सम्पन्न भएको हो । 

Ganyapdhura gau

गाउँपालिकाले पहिलो दिन चुरे गाउँपालिका २ नं. वडा कार्यालयमा, दोस्रो दिन ३ नं. वडा कार्यालय सहजपुरमा, तेस्रो दिन चुरे ५ को शुक्र माध्यमिक विद्यालय खानिडाँडामा, चौथो दिन चुरे १ को शिव माध्यमिक विद्यालय किम्तोलामा, पाँचौ दिन चुरे ६ को भगवती माध्यमिक विद्यालय कोटमा, छौठौ दिन चुरे १ को भैरब माध्यमिक विद्यालय अलाडमा र सातौ दिन चुरे ४ को सुर्यमुखी आ बि बालुवागढामा सम्पन्न गरेको थियो ।  

Navadurga sun
Godawari sandesh

Dadhaldhura pur

सोमबार चुरे गाउँपालिका ४ नम्बर वडा को बालुवा गडामा भएको कार्यक्रममा चुरे ४ वडा सदस्य पबित्रा बिक को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी चुरे गाउँपालिका उपाध्यक्ष धना देबि थापा रहेका थिइन् ।

त्यस्तै विशिष्ट अथिती नेकपा एमाले चुरे गाउँकमेटी उपाध्यक्ष सुशिला सिजापती मगर, राजिपुर प्रहरी चौकी सहिसाप माधब प्रसाद भट्ट, जनप्रतिनिधि, प्रधानाध्यापक, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी, अपाङ्ग व्यक्ति, राजनितिक दलका प्रतिनिधि, क्लबका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा बिद्यार्थीहरुको उपस्थितिमा लैङ्गिक हिंसा बिरुद्धको सचेतना मुलक कार्यक्रम गरिएको थियो । 

मंसिर १९ गते देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज (सोमबार) २५ गते सम्पन्न भएको हाे । चुरे गाउँपालिका महिला शाखा प्रमुख लक्ष्मी पन्तले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने कार्यक्रमको सन्चालन चुरे गाउँपालिका प्रेस सल्लाहकार नरेश नाथ योगीले गरेका थिए ।

सरकारले २०७५ साल देखि  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको हो ।

Couple
Loading...