बैतडीमा एक जना बेपत्ता

बैतडी- बैतडीमा एकजना बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिका–८ कोटीगाउँका ५२ बर्षीय प्रेमसिंह बिष्ट शुक्रबार रातिदेखि बेपत्ता भएका हुन् ।

Dadeldhura hospital

उनका छोरा अशोकसिंह बिष्टका अनुसार शुक्रबार राति २ बजेको समयमा घरबाट निस्केका बिष्ट अहिलेसम्म सम्पर्कमा आएका छैनन् । घरमा कसैलाई नभनेरै निस्केका बिष्टको मोबाइलमा शनिबारसम्म फोन लागेको तर रिसिभ नभएको बताइएको छ । आज भने बिष्टको मोबाइल अफ रहेको छ ।

Navadurga sun
Godawari sandesh

बेपत्ता भएका बिष्टका छोरा अशोकका अनुसार इष्टमित्र, आफन्त र सम्भावित ठाउँमा खोजी गर्दा समेत पत्ता नलागेपछि प्रहरीमा निवेदन दिने तयारी भएको छ ।

बिष्टको घरमा उनकी श्रीमती र उनी गरेर दुई जनामात्रै बस्दै आएका थिए । बेपत्ता बिष्टलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४८७९१८५६ सम्पर्क गरिदिन आग्रह गरिएको छ । आफू अहिले काठमाण्डौंमा रहेको र बुवा बेपत्ता भएपछि घर फर्कने तयारी गरेको उनका छोरा अशोकसिंहले बताए ।

Loading...