धनगढीमा बेवारिसे अवस्थामा फेला परेको स्कुटर शाहीलाई बुझाइयो

धनगढी- कैलालीको धनगढीमा एक महिनाअघि बेवारिसे अवस्थामा फेला परेको स्कुटरलाई सम्वन्धित सवारीधनीलाई बुझाइएको छ ।

धनगढी उपमहानगरपालिका–१ एलएनचोकमा कार्तिक ३ गते राति बेवारिसे अवस्थामा फेला परेको स्कुटरलाई सम्वन्धित स्कुटर धनीलाई बुझाइएको हो ।

Navadurga sun

लामो समयदेखि स्कुटर धनी सम्पर्कमा नआएपछि यातायात कार्यालय धनगढीबाट सो स्कुटरको विवरण लिएर विवरणमा उल्लेखित बाजुराको जय बगेश्वर गाउँपालिका–८ की पबित्रा शाहीको नाममा रहेको खुलेपछि उनलाई सम्पर्क गरेर बुझाएको प्रहरीले जनाएको छ ।

से ६ प ९३५० नम्बरको स्कुटर सवारी धनीका आफन्त धनगढी उपमहानगरपालिका–२ की ताराकुमारी शाहीलाई बुझाएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...