तीन लाख मुल्यको अबैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट ३ लाख मुल्यको भन्सार छलीका अबैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० गज्जर, जिमुवा, भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ भुजेला र पुनर्वास नगरपालिका–७ “च” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ८ हजार १ सय बराबरको सामान बरामद गरेको हो।

चिनी, मिश्री, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा, बिजुलीका सामान, हाडबेयर, किराना लगायतका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...