कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ भुजेला, दोधारा चाँदनी नगरपालिका–४ झोलुङगे र बेलौरी नगरपालिका–२ खैरेनीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख २१ हजार ६२१ बराबरको सामान बरामद गरिएको हो।

चिनी, मिश्री, बिजुलीका सामान, खानेतेल, टावेल, ईलेट्रिक स्कुटर, मोटरसाईकलका सामान, अटोका सामान, हार्डबेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा बुधवार फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...