धनगढी । कैलाली, कञ्चनपुर र डडेल्धुराबाट अवैध सामान प्रहरीले शनिबार बरामद गरेको छ । कैलालीबाट ७२ हजार ७४०, कञ्चनपुरबाट ३ लाख ७६ हजार १४८ र ५४ हजार ३८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।
धनगढी उपमहानगरपालिका – २ आदर्श चोक, धनगढी उपमहानगरपालिका – १२ बिर्याघाट र भजनी नगरपालिका – ७ पुरैना ताल जाने बाटोबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका प्याज, बिडी, पानीपुरी, सिगडा, प्लाष्टिक झिल्ली, किराना लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ भुजेला र पुनर्वास नगरपालिका – ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका थान कपडा, सुट कपडा, बिजुलीका सामन, नट बोल्ड, स्विच, चार्जर स्विच, आल्मनियम पत्ता, हाडबेयर, किराना लगायतका सामान बरामद गरिएको छ ।
डडेल्धुराको पर्शुराम नगरपालिका – ५ परिगाउबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका प्याज, चिनी, जिरा, सुजी, मटर, चना, खानेतेल, चियापत्ति, चिया मसला लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।