मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग

कञ्चनपुर- वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै शुक्रवार ध्यानाकर्षणपत्र बुझाइएको छ । विमानस्थल पुनःसञ्चालन समिति कञ्चनपुरका पदाधिकारीले उनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा विमानस्थल पुनःनिर्माणमा ढिलाइ भइरहेको भन्दै सो कार्य तत्काल अगाडि बढाउन आग्रह गरिएको कञ्चनपुर होटल व्यवसायी सङ्घका पूर्व अध्यक्ष परमानन्द भण्डारीले जानकारी दिए । 

godawari10 Mahila hinsa
Navadurga sun

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ठकुरीले निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । यस अघि उनले विमानस्थलको पुनःनिर्माण भइरहेको धावनमार्ग, एप्रोन, कार पार्किङ, नालासहितको कामको अनुगमनसमेत गरेका थिए । 

Dadeldhura hospital

विसं २०२४ मा निर्माण भई विसं २०५६ सम्म विमानस्थल सञ्चालनमा रहेको थियो । तत्कालीन माओवादी सशस्त्र विद्रोह सुरु भएपछि विमानस्थल सुरक्षाको कारण देखाउँदै बन्द गरिएको हो ।

विमानस्थल पुनःसञ्चालन गर्नका लागि विसं २०७७ फागुन ३ गते पर्यटन मन्त्रालयमा भएको सहमतिअनुसार ५० प्रतिशत सङ्घीय, २५ प्रतिशत प्रदेश सरकार, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधारा चाँदनी नगरपालिकाले बेहोर्ने सहमति भएको थियो ।

सम्झौता अनुसार ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ तर हालको क्षेत्र विस्तार गर्न दक्षिणतर्फ छ सय ६५ मिटर थप्ने घोषणा गरिएको थियो ।

विमानस्थल सञ्चालनमा आएमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा पर्यापर्यटन फस्टाउनुका साथै दोधारा चाँदनीमा निर्माण भइरहेको सुख्खा बन्दरगाह, दैजिछेलामा बन्ने औद्योगीक क्षेत्र, महाकाली करिडोरलगायतको महत्व बढ्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीको भनाइ छ । 

Loading...