होल्डिङ सेन्टर व्यवस्थित बनाउन सामाजिक मन्त्री खड्काको निर्देशन






धनगढी, १ भदौ- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले गौरिफण्टा नाका स्थित निर्माण गरिएको होल्डिङ सेन्टरलाई थप व्यवस्थित बनाउन निर्देशन दिएका छन् । गौरिफण्टा नाकामा भारतबाट आउने नेपालीका लागि निर्माण गरिएको होल्डिङ सेनटर र स्वास्थ्य परिक्षण केन्द्रको निरिक्षण गर्दै मन्त्री खड्काले सवै नागरिकको सहजरुपमा अनिवार्य स्वास्थ्य परिक्षण हुने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिए ।


उनले भारतमा कोरोनाको तेश्रो लहर फैलन सक्ने र त्यहाँ रहेका नेपाली फेरी नेपाल फर्कन सक्ने भन्दै त्यसका लागि पूर्व तयारीमा जोड दिए । भारतबाट आउने नागरिकको स्वास्थय परिक्षणकालागि दोहोरो होल्डिङ सेन्टरको व्यवस्था गरिने बताउँदै मन्त्री खड्काले स्वास्थय परिक्षण विना कसैलाई पनि नेपाल भित्रिन नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मन्त्री खड्काले स्वास्थ्यमा समस्या देखिएका नागरिकलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना कक्षामा राखिने बताए।



