
भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। साथै कम्तीमा २० जना घाइते भएका छन् ।
राज्य सरकारद्वारा सञ्चालित बस गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो । बसमा करिब ३५ यात्रु सवार रहेको स्थानीय प्रहरील जानकारी दिएका छन् ।
घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएका छन् ।





