अत्तरिया- कैलालीमा ट्रक दुर्घटना भएको छ । शनिबार बिहान पौने ५ बजे कैलालीको चुरे गाउँपालिका-५ भासु भिरबाट सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक खसेको हो ।






जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको अवस्थामा फेला परेको छ ।





ट्रक डडेलधुराबाट धनगढी आउन लागेको थियो। प्रहरीले ट्रक पूर्ण रुपमा क्षति भएको र मानवीय क्षति भने नभएको जनाएको छ । यसबारे थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ ।




