धनगढी- कैलालीबाट एक युवक लागूऔषध सहित पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय प्रबिन्द राना लागूऔषध सहित पक्राउ परेका हुन ।



उनलाई गोदावरी नगरपालिका–५ गेटाबाट १ ग्राम ३१० मिलिग्राम लागूऔषध (हेरोईन) सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।


उनलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।





