धनगढीमा शैक्षिक महोत्सव हुने

धनगढी- कैलालीको धनगढीमा शैक्षिक महोत्सव हुने भएको छ । धनगढीमा पुस ९ गतेदेखि १५ गतेसम्म राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कैलालीको आयोजनामा शैक्षिक महोत्सव हुने भएको छ ।

धनगढीमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ शैक्षिक महोत्सव हुने बताइएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने जानकारी दिएको हो ।

Navadurga sun

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले सुदूरपश्चिम प्रदेशको शिक्षा, खेलकुद, पर्यटन, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवर्धनका लागि महोत्सव हुने बताए ।

‘नवौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवबाट यस क्षेत्रको शैक्षिक, आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने आशा लिएका छौं,’ उनले भने, ‘महोत्सवले देशभरी छरिएर रहेका प्रकाशक, स्टेशनरी वितरक तथा मसलन्द सामाग्री र शिक्षासँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई एकीकृत गर्ने छ ।’

अध्यक्ष पडालले महोत्सवमा एक सय ५० स्टल रहने छन। महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड बढीको कारोबार हुने अनुमान गरिएको उनले जानकारी दिए। महोत्सव आयोजन गर्न झण्डै दुई करोड खर्च हुने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कैलाली उद्योग वाणिज्य संकघका अध्यक्ष पुष्पराज कुँवरले धनगढीमा हुने शैक्षिक महोत्सवलाई सबैले मिलेर सफल पार्नुपर्ने बताए । उनले कैलाली उद्योग वाणिज्य संघले पनि अन्य महोत्सवभन्दा फरक रूपमा आयोजना हुने शैक्षिक महोत्सवलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० टिकटदर राखिएको छ भने सर्वसाधारणलाई एक सय राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरूलाई महोत्सवमा प्रवेश निःशुल्कको व्यवस्था गरिएको छ।

यस अघि २०६७ सालमा धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव भएकोमा १४ वर्षपछि फेरि धनगढीमा आयोजना गर्न लागिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...