कञ्चनपुर- कञ्चनपुरबाट पाँच लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका भाँसीबाट ५ लाख १३ हजार मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।



सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले उक्त अवैध सामान बरामद गरेको हो ।

बरामद गरेको मोबाईल कभर, स्वीच, स्वीच बोर्ड लगायतका सामान कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइएको छ ।