अछाममा असईले आफैँ माथि चलाए गोली

धनगढी- अछाममा असइले आफैमाथि गोली चलाएका छन् । प्रहरी सहायक निरीक्षक (असई) ले आफैँ माथि गोली चलाएका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई ४५ वर्षीय किसनबहादुर चन्दले बिहीबार राति ९ बजेतिर आफैँ माथि गोली चलाएका छन् । उनले बाँया छातीको माथिल्लो भागमा गोली चलाएका हुन् । छाती र कुममा चोट लागेको छ ।

Navadurga sun
Godawari sandesh

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीले बताए ।

घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । आफुले आफैलाई किन गोली चलाए भन्ने विषय खुल्न सकेको छैन् । आसई चन्दको अवस्थामा सामान्य नै रहेको प्रहरीले बताएको छ ।

Couple
Loading...