कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा एक लाखको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका–२ अमरैया र पुनर्वास–६ “ङ” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार ८१० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको सुपारी, सुर्ती, सुटपिस, लेहेङ्गा, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले आइतवार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...