यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । एसिसी यू-१९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। तीव्र गतिका बलर हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

यसअघि भारतको कर्नाटक यू-१९ टोलीविरूद्धको सिरिज खेलेको नेपाली टोलीबाट राजेश यादव, दयानन्द मण्डल र दिलसाद अली बाहिरिएका छन्। टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, , अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार छन्।

Navadurga sun
Godawari sandesh

यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र साउद छन्। एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।

Couple
Loading...