धनगढीबाट भन्सार छलीका सामान बरामद

कैलाली । धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौहारा, धनगढी ४ बसपार्क, धनगढी, ९ त्रीवेणीघाट, धनगढी १९ बहुलियाघाट र जोशीपुर गाउँपालिका–१ पिपरकोटीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख ६९ हजार ४ सय मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य भन्सार छलीको सरफ, सुर्ती, कुर्ती, सुटपिस, साडी, धोती, सल, तामाका गाग्री,बच्चाको सेट कपडा, बोईलर कुखुरा, माछाका भुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...